प्रहरी र वकिलहरुको सम्मेलन जनकपुरमा
जनकपुर--सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार भन्ने मूल नारा साथ प्रहरी तथा सरकारी वकिलको दोश्रो प्रादेशिक सम्मेलन आजदेखि सुरु भएको छ ।
प्रदेश नम्बर १ र प्रदेश २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको याे सम्मेलन जनकपुरमा दुई दिनसम्म चल्नेछ ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मौलिक अधिकारको रुपमा रहेको मानव अधिकार पिडितहरुकै लागि व्यवस्था गरिएकोले यसलाई अमानवीय अधिकारको रुपमा नबुझिदिनका लागि आग्रह गरेका छन् ।
उनले निर्दोष नफसुन् भन्ने मनसायले मानव अधिकारको व्यवस्था गरिकाले यसलाई ख्याल गर्दै प्रहरीले कानुनले दिएको अधिकार बमोजिम काम गर्ने बताए ।
यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले कारागार नहुँदा महोत्तरी कारागार लैजानस परेको र थुनुवा तथा अभियुक्तहरुले भरी भराउ रहेकाले जलेश्वरको कारागारको अवस्था पनि दयनीय रहेको बताए ।
उनले कारागारमा सुत्नका लागि आलोपालो जस्ता बाध्यतामक व्यवस्था अपनाउनु पर्दा समस्या भएको बताए ।
महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सन्जिवराज रेग्मीको अध्यक्षतामा भएको यस उद्धघाटन कार्यक्रममा प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पाल, प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अरुण झा, अपराध अनुसन्धान बिभागका प्रहरी नायब महानिरीक्षक सुर्य प्रसाद उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा