शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब

बुधबार, १५ जेठ २०७६, १६ : ४५
बुधबार, १५ जेठ २०७६

काठमाडौं– सरकारले नयाँ बजेटमा रोजगारीलाई प्राथमिकता दिएको छ ।  त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब बजेट छुट्याइएको छ ।

आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । बजेटमा स्वरोजगारीलाई व्यवस्था गर्न पुँजीको व्यवस्था गरिएको छ । 

समपुरक र विशेष योगदानमा समेत ५ अर्ब १ करोड बिनियोजन गरिएको छ । त्यस्तै श्रम तथा रोजगार क्षेत्रमा सात अर्ब १४ करोड विनियोजन भएको छ ।

यस्तै श्रम सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्ने पनि सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेख गरिएको छ।   

यस्तै वैदेशिक रोजगारीमा रहेकाले बैंकमार्फत मात्रै रेमिट्यान्स पठाउन प्रोत्साहित गरिने सरकारले जनाएको छ । 

यस्तै विदेश जान सबै लागत रोजगार दाताले नै बेहोर्नुपर्ने भएको छ ।  सरकारले श्रम तथा रोजगार क्षेत्रका लागि ५ अर्ब १ करोड  बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप