शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सारदर बढेपछि कुन मदिराको कति पुग्यो मूल्य, आयकरमा कति कमाउनेले  कतिसम्म तिर्नुपर्छ  ?

सोमबार, २० जेठ २०७६, ०९ : ४२
सोमबार, २० जेठ २०७६

आगामी आर्थिक वर्ष (२०७६/०७७) को बजेट आइसकेको छ । यसले विभिन्न वस्तुको भन्सारदर र आयकरमा सामान्य हेरफेर गरेको छ । बजेटले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयातित वस्तुहरूमाथि केही कडाइ गरेको छ । तुलनात्मक रूपले आयातित वस्तुमा बढी कर लगाइएको छ ।

सरकारले आगामी  आर्थिक वर्षको बजेटमार्फत मदिराजन्य पदार्थको अन्तशुल्क र भन्सारदर केही बढाएको छ । यस्तै व्यक्तिगत आयकरमा पनि केही परिवर्तन गरेको छ । व्यक्तिगत आयकरको तल्लो सीमालाई केही फराकिलो बनाएको छ । 

मदिराको अन्तशुल्कमा १० प्रतिशतसम्मको शुल्क बढाइएको छ । अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य वृद्धि गरिएको छ । सरकारले ल्याएको आर्थिक विधेयकमा मदिराको युपी शक्ति र अल्कोहलको मात्राको आधारमा भन्सार र अन्तशुल्क दर बढाइएको छ । 

आयात गरिएको मदिराजन्य पदार्थमा तोकिएको भन्दा एक प्रतिशत पनि बढी परेमा उच्चदरको अन्तशुल्क लगाइने आर्थिक विधेयकमा उल्लेख छ ।

पहिला ३० प्रतिशत भन्सार शुल्क लाग्ने छ्याङमा अहिले ४० प्रतिशत बनाइएको छ । तर सरकारले आयातीतभन्दा स्वेदशमै उत्पादित मदिराजन्य पदार्थलाई कम अन्तशुल्क वृद्धि गरेको छ । 

ह्विस्की, रम, भोड्का प्रतिलिटर २ हजार रूपैयाँ पुगेको छ । पहिला प्रतिलिटर १६०० रूपैयाँ थियो । अल्कोहलरहित बियरमा प्रतिलिटर २०० रूपैयाँ भन्सारदर लाग्छ । जब कि यो १ सय ६५ रूपैयाँ प्रतिलिटर मात्र थियो । 

आर्थिक विधेयक २०७६ मा गरिएको यस्तो छ व्यवस्था

कति कमाउनेले कति तिर्नुपर्छ ?
बजेटले  व्यक्तिको करयोग्य आयमा पनि सामान्य हेरफेर गरेको छ । थोरै कमाइ हुनेहरुका लागि राहत दिएको छ । 

यस्तो छ व्यक्तिगत आयकरको दर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप