बंगलादेशी नागरिकले कमलादीमा ४ वटा बियर खाँदा २ लाख ५० हजार बिल !
काठमाडौं– राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार तीन जना बंगलादेशी नागरिक २७ गते राति डान्सबारमा पुगेका थिए ।
करीब एक घण्टा डान्सबारमा बस्दा जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो ।
त्यसपछि अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै पठाइएको बंगलादेशी नागरिकले प्रहरीमा बयान दिएका छन् ।
मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । करीब ११ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको थियो ।
उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए ।
बोगटीका अनुसार यसअघि पनि बालाजु, नयाँ बसपार्क, ठमेललगायतका क्षेत्रमा यस्ता घटनाहरु हुने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा