महिला पुलिसलाई पेट्रोल खन्याएर जिउँदै जलाइयो, आरोपी ट्राफिक पुलिस ५० % जले
भारतको केरलमा एक महिला पुलिस अधिकारीमाथि चक्कुले हमला गरेर उनलाई जिउँदै जलाएको घटना सार्वजनिक भएको छ । शनिबारको उक्त हमलामा महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।
उनीमाथि हमला गर्ने ट्राफिक पुलिसको सिपाही हुन् । घटनाको क्रममा उनीपनि ५० प्रतिशत जलेका छन् ।
आरोपी पुलिसकर्मी अलप्पुझा मेडिकल कलेजको आईसीयूमा भर्ना छन् । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
मीडिया रिपोर्टका अनुसार ३२ वर्षकी सौम्या पुष्करन सिभिल पुलिस अधिकारी थिइन् । उनी अलप्पुझा जिल्लाको वल्लिकुन्नम पुलिस स्टेशनमा तैनात थिइन् ।
एक पुलिस अधिकारीले दिएको जानकारी अनुसार सौम्या पुलिस क्याडेट क्याम्पबाट ड्यूटीपछि घर फर्किरहेका बेला उक्त घटना भएको हो ।
भारतीय संचार माध्यमका अनुसार घटना अघि मावेलिक्करा इलाकेमा आरोपी सिपाही एजाजले सुरुमा उनकी कारलाई स्कूटरले ठक्कर दिए । जब सौम्याले कारबाट निस्किएर भाग्ने कोसिस गरिन् तब आरोपीले उनलाई चक्कुले थुप्रै पटक हमला गरे । त्यसपछि पेट्रोल हालेर आगो लगाइदिए ।
सौम्या तीन सन्तानकी आमा थिइन् । श्रीमान् कामको सिलसिलामा विदेशमा भएको बताइन्छ ।
पुलिसका अनुसार हमलामा सौम्याको तत्काल मृत्यु भयो । महिला अधिकारीको घाँटीमा चाकूको निशान पनि भेटिएको जानकारीमा उल्लेख छ । घटनामा आरोपी सिहापी पनि निकै जलेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने