सुरक्षाको कारण देखाउँदै ११ डडेल्धुराका डाक्टर सामूहिक बिदामा
काठमडौँ । डडेलधुरा अस्पतालका ११ जना डाक्टर सामूहिक विदामा बस्ने भन्दै पत्र लेखेका छन् ।
३१ जेठमा अमरगढी नगरपालिका बस्ने २५ वर्षीया गीता ताम्राकारको शल्यक्रियापछि निधन भएपछि मृतक परिवारका आफन्तले अस्पतालमा तोडफोड तथा प्रदर्शनसमेत गरेका थिए ।
अस्पतालमा अराजकता निम्त्याउने समूहलाई कानुनी कार्वाही नगरेसम्म आफूहरु काममा नफर्ने भन्दै सो अस्पतालमा कार्यरत सबै चिकित्सकले सामूहिक बिदा लिएका हुन् ।
विदा लिनेमा डा. ललित सुरी,डा. उत्तम भट्ट, डा. पदम नेपाली, डा.अमृत अधिकारी , डा.सुभास लामिछाने , डा.विकास दुवाडी, डा. बिभव बस्याल, डा. नरेश श्रेष्ठ, डा. सृजना अधिकारी , डा.सिर्जना महर्जन र डा. डबल बुडा रहेका छन् ।
उनीहरुले विदा पत्र मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई बुझाएका छन् ।
सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको थियो । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका– ६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको थियो ।
धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त प्रदर्शनमा उत्रेका थिए । चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गरेका थिए ।
रक्तस्राब नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेको जनाएको छ । शल्यक्रियामै लापरवाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाइ त्यही राखेको आरोप आफन्तको छ ।
अस्पतालले मृत्तकका आफन्तको आरोप गलत भएको जनाएको छ । गीतालाई १२ पिन्ट रगत दिएर घर पठाइसकेको अवस्थामा उनको मृत्यु भएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ ।
अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारवाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका थिए । आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुङ्गामुढासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री