केन्द्रीय संस्करण

कर्णालीको माइनस २ डिग्री चिसो पानीमा हरायो जीप, उद्धारमा समस्या

जीप दुर्घटनामा बेपत्ताको नामावली

person explore access_timeअसार ३, २०७६ chat_bubble_outline0

काठमाडौं– हुम्लाको खार्पुनाथ गाउँपालिकाको बेडिबिसौनामा मंगलबार दिउँसो कर्णाली नदीमा खसेको १० जनाभन्दा बढी सवार जीप अझै भेटिएको छैन ।  खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु जाँदै गरेको लु१ज ७१६६ नम्बरको जीप बेडुबिसौना भन्ने ठाउँबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

यता जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार जीपमा १६ जना सवार रहेको बताइएको छ । कणाली नदीमा जीप खसेसँगै हालसम्म यात्रुको अवस्थाबारे थाहा हुन सकेको छैन ।  हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार नदीको पानी अत्याधिक चिसो भएकाले उद्धारमा समस्या आएको छ । उनले भने, ‘नदीको पानी माइनस २ डिग्री छ ।’
 
त्यस्तै सीडीओ ढकालले कर्णाली नदीमा धमिलो र बहाव बढेकाले जीप र यात्रुको अवस्था पत्ता लगाउन समस्या भएको बताए ।  जिल्लाको सदरमुकाम सिमकोटमा भएका सिम्रिक एयर र समिट एयरका दुई÷दुई गरेर चार हेलिकप्टरद्वारा जीप र यात्रुहरुको खोजी कार्य जारी रहेको बताइएको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा जीप र यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।  

वेपत्ता यात्रुहरुको नामावली

हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्धु हमाल (शाही), ड्राइभर मणि शाही, चन्द्र हमाल, ढुक्कु भण्डारी, वसन्ती शाही, नन्ददेवि सिंह वेपत्ता रहेका छन् । उनीहरु सबै खार्पुनाथ गाउँपालिका स्थानीय हुन् ।

यसैगरी खार्पुनाथ गाउँपालिकाण् १ की कौर कामी र उनको २ वर्षको बालक समेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एकजना मिस्त्री समेत परेका छन् तर उनको  नाम भने पहिचान हुन सकेको छैन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...