शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छलफल नगरी विधेयक ल्याउँदा असन्तुष्टि

बुधबार, ०४ असार २०७६, १५ : ४२
बुधबार, ०४ असार २०७६

काठमाडौँ– सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपाका प्रतिनिधिसभाका सांसद तामाङले पर्याप्त छलफल र तयारीविना नै आएकाले सरकारले ल्याएका पछिल्ला विधेयकहरु विवादमा तानिएको पनि स्पष्ट पारे ।

बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले सत्तारुढ दलकै सांसदहरुले समेत सरकारले हतार गरेर ल्याएका विधेयकको विरोधमा बोल्नु परेको बाध्यता सुनाए । 

सांसद तामाङले विधेयकलाई व्यवस्थित बनाउन संसदभित्रै ड्राफ्ट गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।

सरकारले पछिल्लो पटक संघीय संसदमा पेश गरेको गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक विवादमा तानिएको छ । सांसद तामाङले ती विधेयकहरु पर्याप्त तयारीविना नै आएकाले विवादमा तानिएको पनि स्पष्ट पारे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप