केन्द्रीय संस्करण
फिचर

‘नाम कमाउँछु भनेर सगरमाथा चढेको होइन, नेपाल चिनाउनु छ’

युुद्धमा गएका सेना र हामी उस्तै हौँ, मर्नेबाँच्ने थाहा हुुँदैनः कामिरिता

person explore access_timeअसार १४, २०७६ chat_bubble_outline0

काठमाडौँ– आफ्नै पूर्वकीर्तिमान तोड्दै विश्वको सर्वोच्च शिखर सगमाथाको सर्वाधिक सफल आरोहण गर्ने व्यक्ति हुन्– कामिरिता शेर्पा । २४औँ पटक सर्वोच्च शिखरमा पुगेर उनले यसअघिको आफ्नो २३औँ पटक सगमाथाको सफल आरोहणको कीर्तिमानी पनि भङ्ग गरे ।

४९ वर्षीय शेर्पाले २५ वर्षको अवधिमा २४ पटक सर्वोच्च शिखरमा पाइला टेकिसकेका छन् । तर उनमा सर्वोच्च शिखरमा फेरि पुग्ने भोक मरेको छैन ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका उनले ३० पटकसम्म आरोहण गर्ने लक्ष्य लिएका छन् । कामिरिताको बाल्यकाल, सगरमाथा आरोहणको अनुभवका साथै आगामी उद्देश्यबारे रातोपाटीको जिज्ञासामा उनले यसरी सुनाएः

बाल्यकाल

सगरमाथा पर्यटन क्षेत्र भए पनि म जन्मेको थामी गाउँ अलि दुुर्गम नै हो । जो पासाङल्हामु गाउँपालिका–५, थामेमा पर्छ । हाम्रो जमानामा थामी गाउँमा ४ कक्षाभन्दा ठूूलो स्कुुल थिएन, अहिले ७ कक्षासम्म छ । चार कक्षा पढेपछि अरू पढ्नका लागि खुुम्जुुङ भन्ने ठाउँमा पथ्र्यो । हाम्रो गाउँबाट त्यहाँ पुुग्न आउनजान मिलाएर छ घण्टा लाग्छ, गाडी पाइँदैन । त्यतिबेला बोर्डिङ र होस्टेल सिस्टम केही पनि थिएन । घरबाटै हिँडेर पढ्न जान सकिनँ । अनि १२ वर्षको हुँदादेखि नै ट्रेकिङ क्षेत्रमा लागेँ । २, ३ वर्ष त्यसरी काम गरेपछि १६–१७ वर्षमा टे«किङ गाइडको काम गरेँ ।

त्यसपछि मैले पाँच, छ हजार मिटरको हिमाल चढ्न थालेँ । मैले सत्र–अठार वर्षको उमेरमा साना–साना हिमाल चढेँ । २२ वर्षको उमेरमा पहिलो पटक सगरमाथा आरोहण गरेँ । त्यतिबेला सगरमाथा जानेलाई ८ हजार मिटरभन्दा माथि चार पाँच पटक गएको हुनुपथ्र्यो । विदेशीलाई सहयोग गर्नेका लागि अलिकति हाई अल्टिच्युुडबारे थाहा पाउने हुनुपथ्र्यो ।

१९९४ मा तेस्रो पटक सगरमाथा पुग्दा म चौबीस वर्षको थिएँ ।

मेरा बुबा ‘सरदार पाला’ त्यो जमानाका चर्चित ट्रेकिङ गाइड हुन् । उहाँलाई नेपालको पहिलो व्यावसायिक ट्रेकिङ गाइड पनि भनिन्छ । मेरो बुबाको वास्तविक नाम मिङमाछिरि शेर्पा हो ।

आफू ट्रेकिङ गाइड मात्र भएकाले बुबालाई पनि हामीले सगरमाथा चढून् भन्ने लाग्थ्यो । बुबामात्रै होइन मेरो दाइले पनि ट्रेकिङ सेक्टरमा काम गरेका थिए ।  म ट्रेकिङ जाँदा जाँदै हिमाल चढ्ने मौका पनि पाएँ र पछि दाइसँग गएँ । दाइ आफै नै सिनियर गाइड थिए । दाइसँगको सामीप्यताले सगरमाथा र बाल्यकालको सम्बन्धमा जोडिदियो ।

दाइ र म सँगै १७ पटक सगरमाथा चढेका थियौँ । मेरो दाइ पहिलो नेपाली अन्तर्राष्ट्रिय टे«किङ गाइड हुन् । हाम्रो थामी गाउँ अहिले पनि माउन्टेन लिडिङ सेक्टर भनेर चिनिन्छ ।

त्यहाँका तीस घरका छोराले १२, १३ पटक सगरमाथा नचढेको कोही छैन । तेन्जिङ शेर्पा पनि त्यहिबाट आएँ । आङरिता पनि त्यहीबाट आए । आप्पा शेर्पा पनि त्यहीँबाट आएका हुन् ।

ट्रेकिङमा त्यो बेला दैनिक चालीस रुपैयाँ पारिश्रमिक दिन्थे । दिनको चालीस रुपैयाँ भए पनि चिनी मानाको १० रुपैयाँ, चामल पाथीको १५ रुपैयाँमा पाइन्थ्यो ।

ट्रेनिङ

ट्रेकिङ टे«निङका लागि सरकारी स्कुुल  थिएन । तर नेपाल माउन्नटेन एसोसियन थियो । त्यो बेला क्लाइमिङ बढी भएर हो कि मैले अब ट्रेनिङ लिनुुपर्याे भनेर ट्रेनिङको फाराम भरेँ । तर त्यहाँ चिठ्ठा गर्नुुपर्छ, अन्तरवार्ता गर्नुुपर्छ भन्ने कुुरा आयो र त्यो दिनदेखि मैले नेपाल ट्रेकिङको तालिम लिइनँ । पछि २००८, २००९, २०१० मा आइस क्लाइमिङ खुल्यो । त्यहाँ मौका पाएँ ।

म बाटो फिक्सिङ गर्नेमा लाग्थेँ । अरूले तिमी तगडा छौँ, तिमीलाई जसले पनि खोज्छ भने । अनि मैले क्लाइमिङको तीन वर्षको कोर्स गरेँ ।

सगरमाथा चढ्दाको अनुुभव

हामीले विदेशीलाई माथि मात्र लगेर हुुँदैन । कसरी तल लैजाने भन्ने सोच हुन्छ । कसरी जिउँदै तल ल्याएर उसलाई खुुसी पारेर उसकै देशमा पढाउन सकिन्छ भन्ने हुन्छ । त्योबाहेक त्यहाँ अरू केही सोच हुुँदैन । मानिसहरुले मलाई यति पटकसम्म किन चढेको भन्छन् । म नाम कमाउँछु भनेर गएको होइन । सगरमाथा चढ्ने हाम्रो पेसा हो । हामीले सोच्छौँ, जे गरेको छौँ राष्ट्रका लागि गरेको छौँ । पाँच छ जनाको समूहलाई मैले लिड गरेर सगरमाथाको चुुच्चोमा पुुर्याएँ भने फेरि उनीहरुले अर्को साल आफ्नो देशमा गएर दस–बीस जना ल्याउँछन् । त्यो राज्यका लागि हो । नेपालमा विदेशी बढी आउन् भन्ने हाम्रो सोच हो । विदेशीलाई कसरी फिर्ता ल्याउने, कसरी माथि पुुर्याउने र सकुशल उसको गाउँमा फर्काउने चिन्ता गाइडमा हुुन्छ । हामीले बदमासी गरेमा उनीहरु किन आउँछन् ?

हामीले त राष्ट्रको बारेमा सोच्ने हो । तर सरकारले हामीलाई राम्रो तलब दिएको छैन । हामीले ठूलो सेवा र सुविधा मागेको होइन । कम्तीमा शेर्पा र आरोहीले यत्रो संसारभर नेपाललाई चिनाउने काममा योगदान दिएका छन् । तर सरकारले आरोहीलाई सामान्य सम्मानसमेत गर्न सक्दैन ।

उद्देश्य

हामी हिमालको क्याप्टेन हौँ । पर्यटनलाई कसरी फैलाउने भनेर देशका लागि हामी सोचेर अगाडि बढिरहेका हुन्छौँ । देशलाई कसोगर्दा फाइदा हुुन्छ, हामी त्यही गर्ने हो । तर देशको बारेमा सोच्दासोच्दै बाँचेर आइन्छ वा आइँदैन कुनै ग्यारेन्टी हुँदैन । युुद्धमा जान लागेको सेना र हामी उस्तै हौँ, मर्ने र बाँच्ने ग्यारेन्टी हुुँदैन । हामी आफ्नो ज्यानलाई आफै मूल्याङ्कन गरेर जान्छौँ । जाँदा नै ल्याप्चे लगाएर जान्छाँै । यो एकदम जोखिम काम हो र नेपालको इज्जत पनि । तपार्ईं विदेशमा जानुुस् नेपाल भनेर नै चिन्दैनन्, धेरै आएकालाई पो नेपाल थाहा छ । नेपाल भन्नका लागि कि सगरमाथाको नाम भन्नुुपर्छ कि शेर्पाको नाम भन्नुुपर्छ । त्यसैले ३० पटकसम्म चुचुरोमा पुग्न मन छ । मेरो बुबालाई पहिले छोराले सगरमाथा चढेको देख्ने रहर मात्र थियो । तर अहिले जसरी गोर्खाली भनेर संसारमा नेपालीलाई चिनिन्छ, त्यसरी नै शेर्पा भनेर पनि चिनाउनुपर्छ । त्यसैले अझै कम्तीमा ३० पटक चढ्नुपर्छ भन्नुहुन्छ । मेरो प्रयास रहन्छ ।

पहिले र अहिलेको अनुुभव

पहिले तालिम लिन नपाएको कारण गाह्रो भयो । साथै पहिले भनेजस्तै लुुगा पनि पाइँदैनथ्यो । अहिले टेक्निकल लुुगा पनि पाइन्छ । जहाँतहीँ तालिम केन्द्र छन् । सबैले तालिम लिएका हुुन्छन् । ट्रेनिङ सेन्टरले राम्रो व्यवसाय गरिरहेको छन् । मैले पहिले चार वर्ष ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरेको थिएँ । सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा पर्याएँ । साथै एकै साल दुईपटक सम्म आरोहण पनि गरँे । तर त्यस वर्ष दुई पटक आरोहण गरेको प्रमाणपत्र पाइएन ।

ट्राफिक जाम

ट्राफिक जाम यसपालि मात्र भएको होइन । प्रत्येक वर्ष हुुने गर्छ । ट्राफिक जाम हुन थालेको १४, १५ वर्ष हुुन लाग्यो । कहिले तीन घण्टा, चार घण्टा हुुन्छ । अहिले चाहिँ ट्राफिक जामले मान्छे मरे । जो अन्तर्राष्ट्रिय समाचार बन्यो । त्यो सरकारको कमजोरी हो । सरकारले छानबिन गर्नुपर्यो नि ? यसले नेपाललाई ठूलो असर पर्छ । तर जो ८, ९ जना मरे, उनीहरुको गल्ती छ । कम्पनीको क्षमता हेरेर जानुुपथ्र्याे नि ? उनीहरुलाई सस्तो चाहिन्छ । सस्तो गाइड खोज्दा यस्तो समस्या आउँछ । कम्पनीको क्षमता छैन भन्दा  पनि उनीहरु जिद्धी गरेरै भए पनि जान्छन् । अनि यस्तो घटना हुन्छ । ६०,  ६५ हजार डलरमा कम्पनीले लिने गर्छ । सस्तो कम्पनीले २०, २५ हजार डलरमा पनि गर्ने गर्छन् । तिनीहरुले गर्दा नै मान्छे मर्ने गर्छन् । २५ हजार डलरमा ११ हजार डलर सरकारलाई रोयल्टी बुुझाउन पर्छ । बाँकी पैसाले के दिन सक्छ ? ट्याक्स बुुझाउन पर्छ । सस्तोमा चलाएछ । गाइड पनि सस्तो ल्याउँछ र मान्छे मर्छन् ।

तर सय प्रतिशत विदेशीले हाम्रो नाम राख्छन् । विदेशीले जुुन फोटो राखे पनि यो शेर्पाले गर्दा म यहाँसम्म पुग्न सफल भएँ भनेर राख्छन् । तर नेपालीले त्यस्तो गर्दैनन् । नेपालमा त्यस्तोे सिस्टम छैन । बेस क्याम्प जाँदा पनि विदेशीले हामीलाई ढोग्छ । तिमीहरु छैनौँ भने हामी आरोहण गर्ने सक्दैनौँ भन्छन्, हो पनि । विदेशीले पैसा तिर्ने मात्र हो, सगरमाथा चढ्दा बीचमा गर्नुपर्ने सबै काम शेर्पाले गर्ने हो ।

सगरमाथाको चुचुरोमा पुग्दा...

मैले सगरमाथा मात्र नभई विश्वको दोस्रो ठूलो हिमाल चढेँ । ८ हजारभन्दा माथिको हिमाल पाँचवटा चढेका छु । साना त गणना नै छैनन् । संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरेको थिएँ । त्यसैगरी ल्होत्से, चोयु र मनास्लु चढिसकेको छु । तर सगरमाथाको  चुचुरोमा पुगेर हेर्नुुपर्छ, अनि एक खालको गर्व महसुस हुन्छ । तर मैले विभिन्न हिमाल चढेँ । धेरै विदेशीलाई लगेर डुुलाएँ । हाम्रो त काम नै त्यही  हो । त्यसले  हिमाल चढ्दै गर्दा खुुसी र बेखुसी हुुँदैन । विदेशीलाई खुुसी पार्न सकियो भने त्यही हो हाम्रो खुसी ।

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...