शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जीप दुर्घटनामा छ घाइते, एकको अवस्था चिन्ताजनक

सोमबार, १६ असार २०७६, १२ : ३०
सोमबार, १६ असार २०७६

जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन् । 

उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

 घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

 भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको दिपायलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए । जीप सडकबाट करीब पाँचसय मिटर तल खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप