शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु

मङ्गलबार, १७ असार २०७६, ११ : ५५
मङ्गलबार, १७ असार २०७६

बझाङ–जिल्लाको केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ । मंगलबार सर्पले टोकेर मष्टा गाउँपालिका १ डुग्री घर भएका १९ वर्षिय पवन रोकायाको मृत्यु भएको हो ।
सोमबार राती होटलमा सुतिरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो ।
राती सर्पले टोक्दा तत्काल उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो मंगलबार बिहानै उपचारका क्रममा अस्पतालमा नै रोकायाको मृत्यु  भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप