शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरद्वारा  ग्यास सिलिण्डर तथा चुुल्हो वितरण

शनिबार, २१ असार २०७६, १४ : ५५
शनिबार, २१ असार २०७६

रौतहट –रौतहटको बौधीमाई नगरपालिकामा ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ ।

 मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले एक कार्यक्रम बीच बौधिमाई न.पा.वडा नं १ बौधामा ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरेकी हुन । 

शुक्रवार बौधीमाई १ बौधाटोलमा आयोजित  कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख साहले एकसय २५ परिवारलाई  ग्यास सिलिण्डर तथा चुुल्हो वितरण गरेकी हुन् । 

 कुुल सातलाख ५० हजार रुपैयाको लागतमा उक्त ग्याँस सिलिण्डर तथा चुल्हो बितरण गरिएको आयोजक संस्था तराई मधेश जनयुद्ध सहीद स्मृती प्रतिष्ठानका सतिव त्रिभुवन साहले जानकारी गराएका छन ।

उक्त अवसरमा उपप्रमुख गौरीशंकर साह,नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साह,मनोज यादव लगायत बिभिन्न वडाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप