ऋतिक रोशनले बताए दिदी सुनैनाको स्थितीः भन्छन्, ‘यो मेरो नीजि मामला’
ऋतिक रोशनको फिल्म सुपर ३० रिलिज भएको छ । फिल्मको प्रमोशनको क्रममा कंगना र दिदी सुनैना रोशनबारे उनले खुलेर कुरा गरेका थिए । अब ऋतिक रोशनले दिदी सुनैना रोशनमाथि कुरा गर्दै यो उनको नीजि मामला भएको बताएका छन् ।
ऋतिक रोशनले एक अन्तरवार्तामा भनेका छन्, ‘यसबारे मैले पहिले पनि कुरा गरिसकेको छु । अब म यसबारे बोल्नै चाहन्नँ । यदि तपाईंलाई यो मामलाबारे थाहा छ भने थाहा छैन यी प्रश्न मलाई किन सोधिँदै छन् ।’
ऋतिकले भने, ‘मसँग बोल्नका लागि धेरै कुरा छ तर म यस्तो गर्दिनँ किनभने यो बहसको मुद्दा बन्नेछ । यो एक नीजि मामला हो ।’
कंगना र रंगोली विवादबारे बोले ऋतिकः
ऋतिकले कंगना र रंगोली विवादबारे पनि मुख खोलेका छन् । ऋतिकले भनेका छन्, ‘मैले यसबारे पनि पहिले नै कुरा गरिसकेको छु । अब म यसबारे कुरा गर्नै चाहन्नँ । यसबारे कुरा गर्न यो सही प्लेटफर्म होइन ।’
ऋतिक भन्छन्, ‘मलाई ठिक लाग्दैन । यो कुनै सनसनीपूर्ण मामला होइन । यो कुनै पनि यस्तो विवाद होइन जसलाई म फिल्मको प्रोमोशनसँग मिसाउन चाहन्नँ । ’
यसअघि ऋतिकले भनेका थिए, ‘यी विवादबाट मैले धेरै कुरा सिकेको छु । अब मलाई यस्ता कुराले केही फरक पार्दैन ।’
धर्मको विवादमा भने यस्तोः
ऋतिकले यसअघि एक अन्तर्वार्तामा दिदी सुनैना र उनका मुस्लिम प्रेमीबारे पनि खुलेर कुरा गरेका थिए । ऋतिकले भनेका थिए, ‘हाम्रो परिवारमा धर्मले खासै महत्व राख्दैन । हामीबीच यस्तो कुरामा कहिले पनि विवाद भएको छैन । यस्ता कुरालाई मैले कुनै महत्व नै दिन्नँ ।’
ऋतिक भन्छन्, ‘दिदीको अहिलेको स्थितीबारे कुरा गर्नु मेरो लागि सही होइन । यो एउटा दुर्भाग्यपूर्ण स्थिती हो ।’
ऋतिकले यो अन्तर्वार्तामा भनेका छन्, ‘यो मेरो र मेरो परिवारको आन्तरिक, नीजि र संवेदनशील मामला हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर