गुल्मीमा विप्लवका दुई कार्यकर्ता पक्राउ
बुटवल– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका कार्यकर्ताहरुले गुल्मीको सदरमुकाम तम्घासको प्रहरी प्रशासनकै कोखमा आएर सोमवार विहान खुल्ला कार्यक्रम गरेर चुनौती दिने प्रयास गरेका छन् । सो पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) का विद्यार्थीहरुले तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयमा ब्यानर सहित खुल्ला कार्यक्रम गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयदेखि ३ सय मिटर दुरीको आडैमा उनीहरुले कार्यक्रम गरेको सुराकी पाउनासाथ सो संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्कालाई पक्राउ गरि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।
सरकारले प्रतिबन्ध लगाइरहेको बेला खुल्ला कार्यक्रम गर्ने सो पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान गरिने एसपी बस्नेतले बताए । सो संगठनका जिल्ला अध्यक्ष विकल्प खत्रीसँग सम्पर्क राख्दा उनले पार्टीलाई प्रतिबन्ध लगाइए पनि विद्यार्थीले शान्तिपूर्ण रुपमा पढ्न र संगठनको काम गर्न पाउनुपर्ने प्रतिकृया दिए ।
‘गुल्मीमा मात्र होइन आजदेखि देशैभर विद्यार्थी संगठनले खुल्ला कार्यक्रम गर्दैछ’ उनले भने, ‘पक्राउ परेका दुई कार्यकर्ताका बिषयमा के गर्ने भन्ने बारेमा हामी छलफल गर्दैर्छौं, तत्काल रिहाई नगरे संघर्षका कार्यक्रमहरु गर्नेर्छाैं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा