मार्खुमा पहिरामा परेर आमाछोरीको मृत्यु
मकवानपुर– मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ । लगातार परेको पानीसँगै आएको पहिराले आइतबार राति इन्द्रसरोवर–१ मा रहेको घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो ।
पहिरामा पुरिएर मृत्यु हुनेमा मार्खुकी उमेर नखुलेकी कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामी रहेका छन् । पहिरामा मृतक कान्छीमाया बलामीकी ३८ वर्षीय बुहारी बेली बलामी घाइते भएको जनाइएको छ ।
पहिरामा घर पुरिएपछि बेपत्ता भएका दुई जनाको केहीबेरअघि मात्र शव निकालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले पहिराले पुरिएको अवस्थामा दुवै जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
गएराति नै पहिराले घर पुरे पनि स्थानीय बासिन्दाले बिहान मात्र थाहा पाएका थिए । बिहानपख छिमेकी बलामीकोे घर नदेखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि पहिरामा पुरिएकाको उद्धारका लागि नेपाली सेना र इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यो घटनासँगै मकवानपुरमा बाढीपहिरामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ