शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा आतंकवादी आक्रमणको प्रयास

मङ्गलबार, ३१ असार २०७६, १३ : ३६
मङ्गलबार, ३१ असार २०७६

मस्को– रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई विफल बनाइदिएको जनाएको छ ।  आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ । 

सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी अनुसन्धान संस्थाले उक्त घटनाका दोषीमाथि फौजदारी अभियोग दर्ता गर्नुका साथै थप अनुसन्धान कार्य अघि बढाएको छ ।  –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप