डुबान क्षेत्रमा शसस्त्र प्रहरीले बनायो बेलिब्रिज, आवागमन सुचारु
सिरहा– केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्याारोमा परेका स्थानियलाई शसस्त्र प्रहरीले बेलिब्रिज बनाइदिएपछि आवागमनमा सहज भएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्की पुलको किनारा भीषण वर्षाले बगाएपछि ५ दिनदेखि आवागमन ठप्प हुँदा स्थानीयलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगायतका विविध किसिमको समस्या झेलिरहेका थिए ।
स्थानियवासीलाई असहज भएको देखिएपछि बेलिब्रिज निर्माण गरि सहज बनाएको सशस्त्र प्रहरी बलको सुरक्षा बेस सम्हाल्नु भएका प्रहरी निरिक्षक दिपक कोइरालाले बताए । पुलको बरियारपट्टी तर्फको कटान हुँदा ५ दिनदेखि आवागमन ठप्प थियो । मान्छे नै तर्न नसक्ने र सार्वजनिक साधन पनि वारिपारि गर्न नसक्ने अवस्था र राजमार्गसम्म बिरामी ल्याउन बैकल्पिक बाटो समेत थिएन । यस्तो अवस्थामा शसस्त्र प्रहरीले बेलिब्रिज बनाएपश्चात जनजीवन सहज भएको स्थानिय श्यामलाल राजवंशीले बताए ।
सशस्त्र प्रहरी बलको सुरक्षा बेसले आफ्नो बेसको लगानीमा सिमित श्रोत साधन प्रयोग गरि अस्थाई फलामे पुल निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच पहिलो खेल आज
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर