बाढीले बगाउँदा एक जनाको मृत्यु
बुधबार, ०१ साउन २०७६, १६ : ००
गौशला– बाढीले बगाउँदा महोत्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–९ बहुअर्वाका श्याम यादवका छोरा आठ वर्षीय पङ्कज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
घरबाट डेढ किलोमिटर पूर्व रहेका बिग्ही नदी नजिक आफ्ना हजुरबुबासँगै गएका पङ्कज फर्किने क्रममा बिग्ही नदीमा आएको बाढीले बगाउँदा मङ्गलबार बेलुका बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नदीमा बेपत्ता बालक पङ्कजको खोजतलास गर्दै जाँदा आज दिउँसो बिग्ही नदीको बाढीले सोही वडामा बनाएको १५ फिट गहिरो दहमा उनको शव फेला परेको हो ।
बाढीका कारण उनीसहित छ जना बालक र एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा