शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अदालतमा भक्तपुरमा मुद्दाको चाप, कार्यसम्पादनमा सकस

बिहीबार, ०२ साउन २०७६, १० : ५६
बिहीबार, ०२ साउन २०७६

भक्तपुर । न्यायालय सबैको पहुँचमा पक्कै छैन । यद्यपि आजभोलि साक्षरतादर र चेतनामा आएको परिर्वतन सँगै न्याय माग्न अदालतसम्म पुग्नेको भीड देखिन्छ । 

भक्तपुर जिल्ला अदालत, भक्तपुर नगरपालिकाको वडा नम्बर ३ स्थित दरबारक्षेत्र नजिक रहेको छ । 

अदालतको भवन करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । अदालतमा हाल ५ जना जिल्ला न्यायाधीशहरुको दरबन्दी रहेको अवस्था छ । 

दुई तल्ले यो पुरानो भवनमा ५ वटा इजलास, च्याम्बर, तहसीलदार कक्ष, तहसील फाँटलगायतका कक्ष रहेको छ । 

पुरानो १४ कोठे भवन र नयाँ ट्रष्ट (टहरो)मा रहेका केही कोठाहरुबाट अहिले न्यायालयको दैनिक काम भइरहेको छ । 

२०७२ सालको भूकम्पले थलिएको पुरानो भवनमै बसेर न्यायाधीशहरु सम्पादनमा जुट्ने गरेका छन् ।  

नयाँ ट्रष्ट भवनमा बसेर काम गर्नेहरको पीडा झन् अर्कै छ । गर्मीमा घामको ताप सहेर काम गर्नुको विकल्प छैन्, प्रशासन शाखाका बसन्त मैनालीले भने । 

२०६८ सालको जनसंख्यालाई आधार मान्ने हो भने भक्तपुरमा ३ लाख ८ हजारभन्दा धेरै मानिसको स्थायी बसोबास छ । काम र पढाईको क्रममा भक्तपुरमा अस्थायी बसोबास बनाउनेहरु पनि धेरै छन् । 

 दैनिक २ सय ५० जना भन्दा धेरै सेवाग्राहीहरु भक्तपुर अदालतको परिसरमा सेवा लिन आउने गरेका छन् । अदालतको गेटबाटभित्र छिरेपछि मुलढोकाको दाया तर्फनै बाटोमा दर्ता चलानी छ । 

केही समय अगाडिदेखि नयाँ भवन बनाउने भनेर जग्गा समेत खरिद गरिसकेको अवस्था छ । तर भक्तपुर नगरपालिकामा पुगरे नक्शा पास कार्य रोकिएको अदालत स्रोतले जानकारी दिएको छ । 
 

मुद्दाको संख्यामा वृद्धि 
भक्तपुर  जिल्ला अदालतमा ४ हजार ३ सय ५७ मुद्दा  रहेकोमा आर्थिक बर्ष २०७५÷०७६ मा २ हजार ४ सय तीन मुद्दा फर्छौट भएका छन् । जिल्ला अदालतले बार्षिक कार्ययोजना अनुरुप २ हजार ५ सय ३६ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकोमा ९४.६२ प्रतिशत मुद्दा फर्छौट भएको जिल्ला अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए । 

यस बर्ष जिल्ला अदालतमा २ हजार ७ सय ४० मुद्दा परेका मध्य करिव १३ प्रतिशत अर्थात  ३ सय ५४ मुद्दा सम्वन्ध विच्छेदमा मुद्दाका थिए । जिल्ला अदालत भक्तपुरमा दैनिक सरदर १० वटा मुद्धा दर्ता हुने गरेका छन् ।
भवन जीर्ण, काममा समस्या
भक्तपुर जिल्ला अदालतका भवन साँघुरो र जीर्ण हुँदा दैनिक कार्यसम्पादन गर्न कठिनाइ भएको कर्मचारीहरु बताउँछन् ।

२ तल्ले भवनमा जम्मा १४ वटा कोठा छन् । तीमध्ये पाँच वटा कोठामा इजलास चलेको छ भने बाँकी कोठाहरुमा तहसिल शाखा, तहसिशदारको कोठा, सूचना अभिलेखालय र अभिलेख शाखा समेत साँघुरो हुँदा मुद्दाका मिसिल फाइल राख्न समेत कठिनाइ भइरहेको तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारीले बताए । 

हामीले अदालतको अभिलेखालयको ४ कोठामा हेर्दा ५५ हजार थान मुद्दाका मिसिलहरु दजारमा राखिएको देखियो । जस अब नयाँ आर्थिक वर्षदेखि आउने मुद्दाका मिसन राख्न स्थान अभाव हुने सूचना अधिकारी सदनले बताए । 

शाखाको कोठामा पानी चुहिने समस्याका कारण कतिपय मिसिलहरुमा पानीले विग्रने गरेको समेतको भनाई छ ।

बाहिर रहेको ट्रष्टमा अहिले ५ वटा कोठा मुद्धा फाँट र एक फीराद कोठा रहेका छन । कोठाहरु साँधुरो हुदाँ सेवाग्राहीहरुलाई सेवा दिन कठिनाइ अदालत स्रोत बताउँछ ।
भक्तपुर जिल्ला अदालतमा अहिले सबै प्रकारका दरबन्दी गरेर ७० जना कर्माचारीहरु कार्यरत छन् । 

यस आर्थिक बर्षमा अधिकृतस्तर सहित थप ११ जना कर्माचारी थप भएर आउने भएकाले हालको भवनमा कर्मचारी र आवश्यक सामाग्री व्यवस्थापनमा नै समस्या हुने श्रेस्तेदार अधिकारीले बताए । 
अदालतमा आउने सेवाग्राही र कर्मचारीहरुलाई शौचालयको समेत समस्या हुने गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप