केन्द्रीय संस्करण

ज्येष्ठ नागरिकहरुको पालनपोषणको व्यवस्था गर्ने दायित्व सरकारको हो: शर्मा

person explore access_timeसाउन २, २०७६ chat_bubble_outline0

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकहरुको पालनपोषणको जिम्मवारी लिन सरकारलाई सचेत गराएको छ ।  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले ज्येष्ठ नागरिकहरुको पालनपोषणको उचित व्यवस्था गर्ने दायित्वबोध गर्न सरकारलाई सचेत गराएका हुन् । 

उनले छोराछोरीलाई मात्रै ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी लिने गरी ‘ज्येष्ठ नागरिक सम्बन्धि कानुन’ निर्माण गर्न सरकार लागि परेको उल्लेख गर्दै असन्तुष्टि पनि जनाए । अध्यक्ष शर्माले ज्येष्ठ नागरिकलाई पालनपोषण गर्ने दायित्व राज्यको हुने संविधानमै व्यवस्था गरिएको स्मरण गराउँदै त्यसको पूर्ण पालना गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

बिहीबार आयोग आफैले ज्येष्ठ नागरिकको सम्बन्धमा सरकारले संसदमा पेश गरेको विधेयकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिकको उचित पालनपोषणका लागि राज्यले छुट्टै संवैधानिक आयोग बनाउनुपर्ने तर्क पनि गरे  ।

अध्यक्ष शर्माले सरकारले ऐन, कानुन बनाउने तर त्यसको उचित ढंगले कार्यान्वयन नगराउने काम हुने गरेको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाए । उनले ज्येष्ठ नागरिकलाई परिवारबाट अलग हुने गरी कानुन बनाउने काम नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.