शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

द स्याडोज नेपालको ‘के पाइस् नेपाली’ को भिडियो सार्वजनिक

आइतबार, १९ साउन २०७६, १० : २६
आइतबार, १९ साउन २०७६

समााजिक समूहको रुपमा आफूलाई स्थापित गर्न सफल द स्याडोज ‘नेपाल’ को ‘के पाइस् नेपाली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

स्याडोजको नयाँ एल्बम ‘के पाइस् नेपाली ?’ को टाइटल ट्र्याक शनिबार बिहान युट्युबमार्फत् सार्वजनिक भएको हो ।

उक्त म्युजिक भिडियोका निर्माता– निर्देशक रोहित शाक्य हुन् भने सह निर्देशक बर्खा मुखिया हुन् ।

भिडियोलाई रेवत श्रेष्ठले सिनेम्याटोग्राफी तथा एडिट गरेका हुन् भने प्रोडक्सन म्यानेजर संजय सुवेदी हुन् ।

भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै ३३ हजार ३ सय १८ भ्यू पाएको छ भने लगभग पाँच हजार लाइक छन् ।

भिडियोमा अहिलेसम्म पाँच सय पचास बढी कमेन्ट आइसकेका छन् जसमध्ये धेरैले भिडियोको प्रशंसा गरेका छन् ।

कतिले भिडियोलाई ट्रेन्डिङमा ल्याउनुपर्ने कुरामा जोड दिएका छन् भने कतिले ‘गीतको स्तर भनेको यस्तो हुन्छ’ भनेर कमेन्ट गरेका छन् ।

कतिले आफूले लामो समयदेखि प्रतिक्षा गरेको भिडियो सार्वजनिक भएको र यस्तो उत्कृष्ट गीतका लागि स्याडोजलाई धन्यवाद दिएका छन् ।

कतिले भने स्याडोज नेपालको जस्तो भिडियो, गीत र लिरिक्सले अझै पनि पाउनुपर्ने जती चर्चा नपाएको दुखेसो पोखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप