बम पड्क्यो भन्ने कुरा हल्ला हो : प्रहरी
सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षितगरी बम पड्काइएको भन्ने कुरा हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।
पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गर्न आज त्यहाँ पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रबिक्रम चन्द समूहले बम पड्कायो भन्ने कुराको अफवाह मात्र भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
“बम पड्केको हामीले थाहा नै पाएनौं,” शर्माले भने, “खै कसले बम पड्केको कुरा ग¥यो, उनैले जानुन् ।” आफू अहिले मुख्यमन्त्रीसँगै भएको जनाउँदै उनले पचालझरनाको विशेष गाउँसभा सम्पन्न गरेर सदरमुकाम आउनका लागि हिँडिरहेको बताए ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले शान्तिपूर्ण तवरबाट कार्यक्रम सकेर फर्किनुभएका र बिहीबार रास्कोट नगरपालिकाको नमूना विद्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न