शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आन्विका गिरीको बाल यौन दुर्व्यवहार बुझाउने पुस्तक विमोचन

बिहीबार, ३० साउन २०७६, २० : ११
बिहीबार, ३० साउन २०७६

काठमाडौं– साहित्यकार आन्विका गिरीको सचित्र बालपुस्तक ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ विमोचन भएको छ । ‘सानीका ज्ञानी कुरा’ बाल यौन दुर्व्यवहार बुझाउने सचित्र बालपुस्तक हो भने ‘आमाले सक्नुहुन्छ’ सचित्र बाल कथा हो । ‘आमाले सक्नुहुन्छ’ कथा मा सात वटा कथाहरु समावेश गरिएको छ ।

सांग्रिला पुस्तकले प्रकाशन गरेका यी पुस्तकहरुको अज एक कार्यक्रमको आयोजना गरी यी एकसाथ विमोचन भएको छ  ।  पुस्तकको पाण्डुलिपी पढेर सुझाव दिने ४ जना बालिकाहरु अवानी गिरी, यूथि गौचन, जिया रेग्मी गौतम र पुर्निका वस्तीले एकसाथ विमोचन गरेका हुन् । 

विमोचन कार्यत्रममा बोल्दै प्राध्यापक डा. केदारभक्त माथेमाले बच्चाहरुलाई बाल साहित्य पढ्ने वानीको अभिवृद्धि गर्नको लागि यस्ता पुस्तक उपयोगी हुने बताए । उनले पुस्तक पढ्ने वानीले बालबालिकाको अविभावकसँगको सम्वन्ध थप मजवुद हुने अध्ययनले देखाएकाले आफ्ना बालबालिकालाई पढ्ने वानीको विकास गर्न सुझाव दिए ।

प्राध्यापक माथेमाले साहित्यकार गिरीका किताव अन्य लेखकको भन्दा फरक भएको र अव अविभावकको बारेमा पनि लेखिदिन लेखिका गिरीलाई आग्रह गरे ।

त्यसैगरी, ‘आमाले सक्नुहुन्छ’ पुस्तकबारे आफ्नो धारणा राख्दै प्रतिनिधिसभाकी सांसद सरिता गिरीले कुनै पनि समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेमा आमाको भूमिका महत्वपुर्ण हुने बताइन् । उनले पुस्तकमा आमालाई हिरोको रुपमा प्रस्तुत गरेर गिरीले समाजको यथार्थ चित्र उतारेको बताइन् । पुस्तकमा बाक्यहरुसँगै चित्रहरु पनि भएकाले कथा बुझ्न सहज र सरल भएको र ‘आमाले सक्नुहुन्छ’ पुस्तक साच्चिकै आमा जस्तै नै भएको ब बताइन् । 

‘सानीका ज्ञानी कुरा’ पुस्तकबारे बोल्दै जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले पुस्तकले यौन हिंसा कस्तोलाई भन्ने र यसबाट कसरी जोगिने बारे राम्रो पाठ सिकाएको बताइन् । यौन हिंसाका सिकार बालिका मात्र नभएर बालकहरु पनि हुने गरेकाले बालकहरुमा हुने यौन हिंसाबारेको सचेतना फैलाउने खालको किताव पनि लेखिदिन लेखिका गिरीलाई उनले सुझाव दिइन् । 

डा. उप्रेतीले यस्ता किताव बालबालिकाले मात्रै होइन कि हरेक अविभावक, शिक्षक शिक्षिका लगायतले अनिवार्य पढ्न पनि आग्रह गरिन् ।

कार्यक्रममा लेखिका गिरीले बालबालिका सम्वन्धि पुस्तक कमै मात्रै पाइने भएकाले यस्ता पुस्तक लेख्न रुचि जागेको बताइन् ।

यो भन्दा अगाडि गिरीका बालबालिका सम्वन्धि ‘हाम्रो कुरा पनि सुन्नुस्’ र ‘नाक कसरी ठाडो हुन्छ ?’, र ‘ठूलो मान्छे कसरी बन्ने ?’ पुस्तकहरु प्रकाशन भईसकेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप