शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भालाडोलिडसँग रियलको बराबरी

आइतबार, ०८ भदौ २०७६, ०८ : १५
आइतबार, ०८ भदौ २०७६

स्पेनिस जाइन्टर किलर रियल म्याड्रिड ला लिगामा रियल भालाडोलिडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा रियालले भालाडोलिडलाई दबाबमा राखेपनि आवश्यक गोल गर्न सकेन । ८२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । रियलको अग्रतालाई भालाडोलिडले पाँच मिनेटमै तोडेको थियो । ८८औं मिनेटमा भालाडोलिडका सर्जी गार्डीओलाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलभर लगातार गोलको अवसर बनाएपनि थप गोल गर्न नसक्दा रियल अंक बाँड्न बाध्य बन्यो । प्रशिक्षक जिनेदिन जिदानले भालाडोलिडविरुद्ध ग्यारेथ बेल, हामेस रोड्रीग्वीज र इस्कोलाई पहिलो रोजाईमा राखेका थिए । बराबरीसँगै रियलले दुई खेलबाट चार अंक बनाएको छ । भालाडोलिडको पनि समान खेलबाटर चार नै अंक छ ।

यसैगरी शनिबार रातिनै भएको अन्य खेलमा सेल्टाभिगोले भ्यालेन्सियालाई १–० गोलले हराएको छ । गेटाफे र एथ्लेटिक बिल्बाओले १–१ तथा इबर र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप