
ADVERTISEMENT
पुडासैनी मृत्यु प्रकरण : रविसँग ५ लाख माग्दा अस्मिता साधारण तारिखमा रिहा

काठमाडौं – पत्रकार शालिराम पुडासैनी मृत्यु प्रकरणमा अस्मिता कार्की (रुकु)लाई साधारण तारिखमा रिहा गरेको छ ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले कार्कीलाई साधारण रिहा गर्न आदेश दिएको हो । रवि लामिछानेलाई ५ लाख धरौटी र युवराज कँडेल ३ लाख धरौटी माग गरिएको छ ।
सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।
२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण मर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ