शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका दुईमध्ये एक प्रहरीलाई लाग्छ – मुसलमान आपराधिक प्रवृत्तिका हुन्छन्

बुधबार, ११ भदौ २०७६, १२ : २९
बुधबार, ११ भदौ २०७६

नयाँ दिल्ली । भारतका ४८ प्रतिशत प्रहरीलाई मुसलमान आपराधिक प्रवृत्तिका हुन्छन् भन्ने लाग्दछ । यसमध्ये १४ प्रतिशत प्रहरी उनीहरुले अपराध गर्ने सम्भावना धेरै रहेको ठान्छन् भने ३४ प्रतिशत यो प्रवृत्ति उनीहरुमा अधिक रहेको मान्दछन् ।

दोस्रो तर्फ ५६ प्रतिशत प्रहरीमा उच्च जातीका हिन्दूले अपराधकर्म गर्दैनन् भन्ने मान्यता रहेको छ ।

मंगलबार जारी गरिएको लोकनीति र कमन कजको रिपोर्टमा यो तथ्याङ्क उल्लेख गरिएको छ ।

१२ हजार प्रहरीमा १२ महिना लगाएर यो सर्वेक्षणमा देशका प्रहरीले औसत दैनिक १४ घण्टा काम गर्ने देखिएको छ । त्यस्तै, ८० प्रतिशत प्रहरीले ८ घण्टाभन्दा बढी ड्युटी गर्ने गरेका छन् ।

यसको अर्थ हरेक २ मध्ये एक प्रहरीले ओभरटाइम गर्ने गरेका छन् भने हरेक दुईमध्ये एक प्रहरीले साप्ताहिक विदा पाउँदैनन् ।

त्यस्तै सर्वेक्षणमा प्रहरीका ५ मध्ये ३ परिवारका सदस्यलाई उनीहरुलाई दिइएको बासस्थान ‘घटिया’ रहेको लाग्दछ ।

यसैगरी हरेक चारमध्ये तीन प्रहरीलाई उनीहरुले काम गर्ने अवधिले  शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर गरिरहेको लाग्दछ ।

सर्वेक्षणमा प्रहरी कार्यालयको दयनीय स्थितिको चित्र पनि बाहिर आएको छ । १२ प्रतिशत प्रहरी कार्यालयमा पिउने पानी छैन भने १८ प्रतिशत प्रहरी कार्यालयमा शौचालय छैन ।

३६ प्रतिशत प्रहरीका अनुसार आपत्तकालिन अवस्थामा कुनै स्थानमा जानु परे सवारी पनि नपाउने उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप