शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कागेश्वरीमा तीन दिनसम्म मेला लाग्ने

सोमबार, १६ भदौ २०७६, १२ : २१
सोमबार, १६ भदौ २०७६

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ को गागफेदीस्थित धार्मिक ऐतिहासिक कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमीका दिन लाग्ने ऐतिहासिक मेलामा तीनसम्म विविध कार्यक्रम सञ्चालन हुने  भएको छ । 
यो हिन्दु र बौद्ध धर्मावलम्बिहरुको संगम तीर्थस्थलको रुपमा समेत रहँदै आएको छ । 
कागेअष्टमीका दिन हिन्दुहरुले पुजा गर्ने र बौद्ध धर्मावलम्बीहरु परम्परागत पोशाकमा झाँक्री बनेर उक्त स्थलमा पुग्ने गरेका छन् । 
यो वर्षको भद्रा शुल्कअष्टमी अर्थात भदौ २० गते (कागेअष्टमी) का दिन लाग्ने विशेष मेलाका लागि भदौ १९, २० र २१ गतेसम्म विशेष कार्यक्रम सञ्चालन हुने भएको हो । 
भदौ १९ गते कागेश्वरी मन्दिरको महत्वका बारेमा कवि गोष्ठि गरी साहित्यक कार्यक्रम सञ्चालन गर्ने, २० गते कागेअष्टमीका दिन सँस्कृति पर्यटन तथा नागरिक उड्यमन्त्री योगेश भट्राईको प्रमुख आतिथ्यतामा कागेश्वरी महादेव मन्दिर मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

२१ गते मन्दिरको सरसफाइ गरिने कार्यतालिका रहेको कागेश्वरी  नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवं मेला मूल आयोजक समितिका संयोजक मकुन्द गजुरेलले जानकारी दिए । 
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख एवं कार्यक्रम आयोजक मूल व्यवस्थापन समितिका संरक्षक कृष्णहरी थापाले नगरपालिकाको पहिचानसँग जोडिएको कागेश्वरी महादेव मन्दिरमा १९ देखि २१ गतेसम्म विशेष कार्यक्रम सञ्चालन हुने बताए ।
उनले नगरपालिकाको नामै कागेश्वरी मन्दिरको नामबाट रहेकाले नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्न लागेको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप