केन्द्रीय संस्करण

टाटा हिटाचि खरिदमा ज्योति विकास बैंकले ७०% सम्म कर्जा दिने

person explore access_timeभदौ २४, २०७६ chat_bubble_outline0

काठमाडौं– ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थ मुभर्सबीच मंगलबार २४ गते सम्झौता भएको छ। 

सम्झौता अन्तर्गत सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्। 

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा हिटाचि गाडी ग्राहकवर्गहरुलाई  ७०% सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा कम्पनीको टाटा हिटाचि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ। 

सिप्रदी अर्थ मुभर्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा हिटाचि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.