नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदैः १० आन्तरिक उडान २ मात्र सफल
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन । हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ ।
उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६.३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो । अरू सबै उडान रद्द गरिएका थिए । धनगढी जाने ५२, उताबाट काठमाडौं आउने ४० र दाङ जाने २४ यात्रु एनएको उडान रद्द भएपछि विकल्प खोज्न बाध्य भएका थिए ।
अहिले अन्तराष्ट्रिय उडानका लागि भनिएका चार र घरेलु उडानका लागि प्रयोगमा ल्याइएका आठ गरी कुल १२ विमान नेपाल वायु सेवा निगमसँग छन् ।
‘डोमेस्टिक उडानमा रहेका मध्ये १९ सिट क्षमता (वाई १२ ई) का चारमध्ये दुई ग्राउन्डेड छन्, ५८ सिट क्षमता (एमए ६०) का दुईमध्ये एक ग्राउन्डेड छन्, अरू चलिरहेका छन्’, नेपाल वायु सेवा निगमका सहप्रवक्ता सुलेख मिश्रले भन्नुभयो– ‘क्यानेडियन दुईवटा ट्युनेटरमध्ये एउटा लामो समयदेखि ग्राउन्डेड छ भने अर्को चालु अवस्थामा छ ।’
प्राविधिक खराबीका कारण लामो समयदेखि थन्किएर बसेका विमान समयमै मर्मत गर्न नसकिएको समस्यालाई नेपाल वायु सेवाले पनि महसुस गरेको छ । यो समाचार नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण