अपडेट
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
बिहीबार, ०७ साउन २०८३, १० : ३३
सारांश
- कर्णालीमा नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
- बिहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए ।
- कर्णालीमा कांग्रेस–नेकपा मिलेर गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
सुर्खेत । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले रातोपाटीलाई बताए ।
‘हामीले यसअघि नै उहाँमाथि विश्वास छैन भनेर पत्र दर्ता गरिसकेका छौँ,’ उनले भने, ‘फेरि अर्को निर्णय गर्ने भन्ने हुँदैन ।’
केन्द्रमा नेकपा एमाले—नेकपाबिच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यसअघि नै अडानमा कायम रहने बताएको छ ।
कर्णालीमा कांग्रेस—नेकपा मिलेर गत बिहीबार मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै, मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरेका छन् ।
आज प्रदेश बैठक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण