बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार लाख भारतीय रकमसहित पक्राउ

बिहीबार, ०७ साउन २०८३, ११ : ०८
बिहीबार, ०७ साउन २०८३

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएको आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ ।

बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले बसपार्क क्षेत्रमा अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा ८०० थान भारतीय ५०० का नोटसहित राउतलाई पक्राउ गरी हिरासतमा लिइएको बताए । “लुकाएर राखेको अवस्थामा हामीले ती नोट फेला पारेका हौँ,” प्रहरी उपरीक्षक जिसीले भने । भारतीय ५०० का नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाइएको प्रहरीको भनाइ छ ।

उनले बसपार्कका होटेलबाट अवैध काम धेरै हुने गरेको गुनासो आएको उल्लेख गर्दै राउतमाथि नेपाल राष्ट्र बैंक ऐनको दफाबमोजिम कारबाही हुने जानकारी दिए ।

न्यू लक्ष्मी होटेल एण्ड लजका सञ्चालक धर्मराज बस्नेतले जाजरकोटाबाट आएका छ जना ठेकेदारको जिम्मामा रहेका करिब ५० जना श्रमिकलाई भारतीय रुपैयाँ आवश्यक परेकाले रकम सङ्कलन गरी सटहीका लागि कर्मचारी राउतलाई पठाइएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप