मन्त्रिपरिषद् बैठक निर्णय
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
बुधबार, ०६ साउन २०८३, १६ : १७
सारांश
- मिटरब्याज पीडित र सरकारी पक्षबिच भएको सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।
- यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै लिखतहरू (तमसुक) आजकै मितिदेखि अवैध भएको छ ।
- यसबाट मिटरब्याज पीडितले न्याय पाउने र फर्जी कागजातका आधारमा भइरहेको शोषण अन्त्य हुने विश्वास सरकारले लिएको छ ।
काठमाडौँ। मिटरब्याज पीडित र सरकारी पक्षबिच भएको सम्झौतालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्न गठित समिति र आन्दोलनरत पक्षबिच साउन १ गते भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो निर्णयसँगै मिटरब्याजसँग सम्बन्धित सबै लिखतहरू (तमसुक) आजकै मितिदेखि अवैध भएको बताए ।
सरकार र मिटरब्याज विरुद्ध आन्दोलनका प्रतिनिधिबिच भएको समझदारीलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो । यसबाट मिटरब्याज पीडितले न्याय पाउने र फर्जी कागजातका आधारमा भइरहेको शोषण अन्त्य हुने विश्वास सरकारले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण