शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना

शनिबार, २७ असार २०८३, ०८ : ३६
शनिबार, २७ असार २०८३

सारांश

  • काठमाडौँको बुद्धनगरमा एक ४५ वर्षीय पुरुषले शनिबार बिहान आफ्नो डेरामा आत्मदाहको प्रयास गरेका छन् ।
  • छोरासँगको विवादपछि ती पुरुषले भान्सामा गएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
  • शरीरको ५५ प्रतिशत जलेका ती व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक जना पुरुषले शनिबार बिहान आत्मदाहको प्रयास गरेका छन् । काठमाडौँ महानगरपालिका–१० स्थित घरमा ती पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार ती व्यक्तिको पहिचान ४५ वर्षीय अश्विन राउत भनेर खुलेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार राउतको पारिवारिक विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए । राउत लामो समयदेखि डिप्रेसनमा समेत रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनको शरीरको ५५ प्रतिशत जलेको अस्पतालले जानकारी गराएको एसपी भट्टराईले रातोपाटीलाई बताए । हाल उनको उपचार जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप