बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?

बुधबार, ०६ साउन २०८३, १४ : ३१
बुधबार, ०६ साउन २०८३

सारांश

  • कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।
  • नेकपा र एमालेबीच समीकरणको सम्भावना देखिएपछि कांग्रेस छटपटीमा छ ।
  • दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी कदमबारे छलफल हुनेछ ।

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । यसअघि बिहीबार नै मुख्यमन्त्रीका लागि प्रस्ताव पेस गरेको कांग्रेस अहिले नेकपा–एमालेबिच समीकरण हुने देखेपछि छटपटीमा छ ।

प्रतिपक्ष नेकपालाई मनाएर मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको कांग्रेसको आजको दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने एक सांसदले बताए ।

‘माथि दुई कम्युनिस्ट मिल्ने कुरा गर्‍या छन्, आधिकारिक निर्णय त आको छैन,’ ती सांसदले भने, ‘मुख्यमन्त्रीका लागि हाम्रो दल नेतालाई प्रस्ताव गरिसकेको अवस्था छ, हालका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता छ । अब के गर्ने भन्ने विषयमा छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप