दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
झापा । शिवशताक्षी नगरपालिका–६ स्थित शिवगञ्ज बजारमा करिब दुई महिनादेखि फोहर सङ्कलन हुन नसक्दा स्थानीय व्यवसायी, सर्वसाधारण र उपभोक्ता प्रभावित भएका छन् । बजारको विभिन्न स्थानमा फोहर थुप्रिएपछि दुर्गन्ध फैलिनुका साथै सरसफाइमा समस्या देखिएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार नगरपालिकाबाट नियमित रूपमा फोहर सङ्कलन हुन नसकेपछि घरघरमा थुप्रिएको फोहर अन्ततः बजार क्षेत्रमा ल्याएर राख्ने गरेका छन् । नियमित सरसफाइ शुल्क बुझाउँदै आए पनि समयमै सेवा नपाएको स्थानीय तेजप्रसाद बिमलिले गुनासो गरे।
त्यस्तै, यहाँको साप्ताहिक तरकारी बजारमा पशुजन्य फोहरको समेत उचित व्यवस्थापन हुन नसक्दा सरसफाइको चुनौती थपिएको छ । फोहर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभावले समस्या जटिल बन्दै गएको हो ।
यस विषयमा शिवशताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले नगरको ‘डम्पिङ साइट’मा स्थानीय अवरोधका कारण केही समयदेखि फोहर व्यवस्थापन प्रभावित भएको बताए । उनले ढुवानीका साधन अन्य अत्यावश्यक काममा व्यस्त रहेकाले तत्काल व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै शिवगञ्ज बजारको फोहर बिहीबारसम्ममा हटाइने प्रतिबद्धता जनाए।
नगरप्रमुख थोप्राका अनुसार बिहीबार बिहानदेखि शिवगञ्ज बजारको फोहर सङ्कलन तथा व्यवस्थापनको काम सुरु गरिनेछ। स्थानीयले नियमित फोहर सङ्कलनको व्यवस्था गर्दै दीर्घकालीन र प्रभावकारी फोहर व्यवस्थापन प्रणाली लागू गर्न नगरपालिकासँग माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण