एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
सारांश
- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र लेक लागेर आर्थिक वर्ष २०८२/०८३ मा २५ जनाको मृत्यु भएको छ ।
- मुस्ताङमा १५ जनाको लेक लागेर मृत्यु भएको छ, जसमा धेरैजसो भारतीय नागरिक रहेका छन् ।
- मनाङमा ८ जना नेपालीको मृत्यु भएको छ भने पदयात्राका क्रममा दुर्घटना र हिमपातका कारण पनि केही पर्यटकको ज्यान गएको छ ।
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र लेक लागेर एकैवर्षमा २५ जनाको मृत्यु भएको छ । एक्याप कार्यालय पोखराका अनुसार धेरैजसो मुस्ताङमा लेक लागेको छ । आर्थिक वर्ष २०८२।०८३ मा थप ५ जनाको विभिन्न ठाउँमा दुर्घटना भएर मृत्यु भएको छ ।
मुस्ताङमा मात्रै १५ जनाको लेक लागेर मृत्यु भएको छ । जसमा मुक्तिनाथमा ८ भारतीय र ४ नेपाली नागरिक, दामोदर कुण्डमा १ नेपाली, लोमन्थाङमा १ नेपाली तथा टुकुचेमा १ मेक्सिकन नागरिकको मृत्यु भएको एक्यापका निर्देशक डा. रविन कडरियाले जानकारी दिए ।
मनाङमा सबैभन्दा बढी नेपालीको मृत्यु भएको छ । मनाङमा मृत्यु भएका ८ जना मध्ये नार–फु क्षेत्रमा ३ नेपाली भरिया÷गाइड, अन्नपूर्ण चक्रपथमा १ नेपाली गाइड, १ नेपाली पर्यटक, १ भारतीय, १ जापानी र १ सिंगापुरका नागरिकको मृत्यु भएको हो ।
गत वर्ष मार्दी हिमाल क्षेत्रमा पनि १ जना स्पेनिस नागरिकको लेक लागेर मृत्यु भएको छ । अन्नपूर्ण आधार शिविर जाने बाटोमा १ जना नेपाली नागरिकको मृत्यु भएको छ । यसबाहेक पदयात्राका क्रममा दुर्घटनाका कारण पनि ज्यान गुमाएका छन् ।
भारी हिमपातका कारण मनाङमा बेपत्ता भएका २ जना भारतीय पर्यटक पछि मृत अवस्थामा फेला परेका थिए । मनाङकै हिमलुङ हिमालमा लडेर १ जना अस्ट्रेलियाली पर्वतारोहीको मृत्यु भएको छ । मार्दी हिमाल मार्गमा हराएका १ जना नेपाली पदयात्री मृत फेला परेका थिए भने खोप्रा पदमार्गमा लडेर १ जना जर्मन पदयात्रीको मृत्यु भएको कडरियाले जानकारी दिए ।
लेक लाग्ने समस्याबाट पूर्व सावधानी अपनाउन उनले पर्यटकसँग आग्रह गरेका छन् । ‘उचाइमा जानु आफैमा रिस्क हो । यसका लागि पूर्व तयारी आवश्यक छ,’ उनले भने, ‘उचाइमा कहिलैपनि हतारिएर यात्रा गर्न हुँदैन । लेक लागिहाल्यो भने जतिसक्दो छिटो तल झर्ने हो ।’ उनले ठाउँठाउँमा बोर्ड राखेर सचेतना पनि जगाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण