करेन्ट लागेर दूधे बालिकाको मृत्यु
शुक्रबार, २७ भदौ २०७६, १० : ३६
महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो ।
बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको नाङ्गो तार छुन पुग्दा उनको करेन्ट लागेर ज्यान गएको हो । मृतक बालिकाको शव परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण