१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
सारांश
- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा केही जिल्लामा असार ७ सम्म थप गरेको छ ।
- सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण बुझाउन सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरिएको छ ।
- मोबाइलमा आएको शंकास्पद लिंकमा क्लिक गर्दा काठमाडौंका एक व्यक्तिले २५ लाखभन्दा बढी गुमाएका छन् ।
आज मिति २०८३ साल जेठ महिनाको ३० गते शनिबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१० बजे १०’ समाचार लिएर हाजिर भएका छौँ।
१. कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकको समयसीमा थप
नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनलाई लक्षित गरी केही स्थानमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा थप गर्ने निर्णय गरेको छ ।
२. कागजात मिलाउन नेताहरूको दौडादौड
सरकारले २०६२/०६३ देखि २०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरण सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । त्यहाँ आ–आफ्नो सम्पत्ति विवरण बुझाउन दौडादौड चलिरहेको छ ।
३. काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।
४. एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव सङ्कलन सुरु गरेको छ ।
५.बाजुरा र हुम्लाको सीमा विवाद
बाजुरा र हुम्लाको सीमा विवाद नटुङ्गिएपछि सो क्षेत्रमा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ । गत जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार सम्बन्धित स्थानमा पुगेको हो ।
६. मोबाइलमा आएको एउटा लिंकले रित्यायो २५ लाख
मोबाइलमा प्राप्त एक शङ्कास्पद लिंकमा क्लिक गरेपछि काठमाडौँका सुजन खनालले २५ लाख ४४ हजार १०० रुपैयाँ गुमाएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनाविरुद्ध अदालतमा अभियोग पत्र दायर गरेको छ ।
७. शनिबार विशेष
८. कोशी प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रतिवेदन पेस
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रतिवेदन प्रदेश सभामा पेस गरेको छ ।
९. ४० हजार घुससहित नायव सुब्बा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेललाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ।
१०. सेफ सन्तोष साह धनुषाबाट पक्राउ
सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाको रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण