यस्तो छ बाल्ट्राको ‘दशैं ल्यायो’ अफर
काठमाडौं – नेपाल तथा भारतमा सर्वाधिक रुचाइएको बाल्ट्रा होम एप्लाइन्सेस्ले चाडवाडको यस अवसरमा “दशैं ल्यायो” नामक योजना नेपाली बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यसाली ग्राहकहरुलाई आकर्षक उपहारहरुका साथै १ वर्षको अतिरिक्त वारेन्टी समेत प्रदान गर्नेछ ।
बाल्ट्राको यस दशैं योजनाको लक्की ड्र मा सहभागी हुन र अतिरिक्त वारेन्टी प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई BT <space> Warranty Card Serial Number टाईप गरी ३१००७ मा पठाउनु पर्नेछ ।
सहभागी ग्राहकहरुले बाल्ट्राको ५५” स्मार्ट टि.भी. १ जनालाई, ४०” टि.भी. २ जनालाई, ३२” टि.भी. ३ जनालाई, साउण्ड बार ५ जनालाई, मिक्सर ग्राइन्डर १० जनालाई, राईस कुकर १५ जनालाई र आइरन १५ जनालाई जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना केवल सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने