एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय अराजकता मच्चाएको बताएका छन् । बिहीबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा भएको तनावका बारेमा बोल्दै उनले कांग्रेसले अलोकतान्त्रिक र अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले आफ्नो दलको अध्यक्षमाथि गरेको अपमानजनक व्यवहारको भत्सर्ना समेत गरेका छन् ।
उनले भने,‘कांग्रेसले सदन अवरुद्ध गरेर महत्त्वपूर्ण समयलाई बन्धकी बनाइरहेको छ । आजको बैठकमा कांग्रेसले हौसिएर, मात्तिएर सरकारको लाइनमा आयो । जब सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभयो, कांग्रेसका प्रमुख नेताहरू आएर सरकारको लाइनमा आएर अवरोध गर्ने, उपसभामुखको कुर्सीमा आएर बस्ने यसप्रकारको असंसदीय गैरराजनीतिक व्यवहार गर्नुभयो ।’
उनले अगाडि भने,‘त्यतिमात्र हैन हाम्रा श्रद्धेय अध्यक्षमाथि उहाँहरूले अपमानजनक व्यवहारपनि गर्नुभयो, त्यस्ता अभिव्यक्ति दिनुभयो । निष्कर्षमा भन्नुपर्दा आजको बैठकमा कांग्रेसले घोर अलोकतान्त्रिक, गैर राजनीतिक, असंसदीय व्यवहारको प्रदर्शन गर्नुभयो । अधिनायकवादी हर्कत र संसदमा दादागिरी र अराजकता मच्चाउने काम भयो ।’
उनले कांग्रेसले संसदमा गरेको क्रियाकलापको संसदीय दलको तर्फबाट भर्त्सना गरेको बताए । आगामी दिनमा यस्ता अधिनायकवादी चरित्र प्रदर्शन नगर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण