छोराको आसमा १२ पटक गर्भधारण
ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले ज्यान जोखिममा राखी पाँचवटा गर्भ पतन गरिन् । जसको असरले अहिले उनको ज्यान कमजोर बनेको छ । सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने पति र परिवारको दबाबले इच्छाविपरीत उनी बच्चा जन्माउन बाध्य भइन् ।
अहिले पनि उनी गर्भवती छिन् । उनकै गाउँकी दाना जैसीले पनि आठ सन्तान जम्माइन् । छोरा पाउने आसले उनले ३९ वर्षको उमेरमा आठ सन्तान जन्माएकी हुन् । धरै सन्तान जन्माउँदा रगत बग्ने, ज्यान दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन् । छोराको पर्खाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने शर्मिला र दाना जैसी गाउँका प्रतिनिधि आमा मात्र हुन् ।
आफ्नो वंश विस्तार हुने र मरेपछि दागबत्ती दिन छोरा नै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित पति, परिवार र समाजको दबाबमा हिमाली जिल्ला हुम्लाको गाउँका आमाहरु अहिले पनि इच्छाविपरीत छोरी जन्माउन बाध्य छन् । यो समाचार नागरिक दैनिकमा गणेश विशुले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण