निर्वाचन आयोगद्वारा राष्ट्रपतिलाई जानकारी
काठमाडौं-निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त सदस्य पदमा आगामी मङ्सिर १४ गते हुुने उपनिर्वाचनको तयारीका गतिविधि प्रस्तुुत गरेको छ ।
प्रस्तुुतिमा विशेष गरेर उपनिर्वाचन गरिने रिक्त पदका बारेमा जानकारी, विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन, राजनीतिक दल दर्ताको अवस्था, निर्वाचन सामग्री व्यवस्थापन र मतदाता शिक्षालगायत विषय केन्द्रित रहेको आयोगका प्रवक्ता गिरिजा शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिले सो अवसरमा आयोगलाई मतपत्र सरल र स्पष्ट बनाउन, उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तथा थप सुधारका कदम चाल्न आयोगलाई निर्देशन दिइन् । राजनीतिक दलसँग निरन्तर संवाद र समन्वयमा रही निर्वाचन व्यवस्थापनको सर्वस्वीकार्य वातावरण बनाउन आयोग क्रियाशील रहनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुझावका लागि राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण