राष्ट्रपतिबाट २६० कैदीको सजाय कट्टा, २२ जनालाई माफी
काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन( ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासहित २ सय ६० जना कैदीहरुको भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसहित २२ जना व्यक्तिहरुलाई विभिनन अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरिएको छ ।
यता, संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा ६३४ जनालाई विभिन्न विभूषण (मानपदवी, अलंकार र पदक) प्रदान गरिने पनि राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण