भिडियो कन्फरेन्समार्फत बाबुरामले गराए सपथ
काठमाडौं– पछिल्लो समय राजनीतिमा पनि प्रविधिको प्रयोग हुन थालेको छ ।
बढ्दो प्रविधिको प्रयोगसँगै भिडियो कल समान्य भइसकेको छ । तर अहिले त्यसलाई राजनीति गतिविधिमा पनि प्रयोग गर्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् सञ्चालन गरेको घटना निकै चर्चामा रह्यो ।
त्यो सेलाउन नपाउँदै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे ।
अहिले आएर समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भिडियो कन्फरेन्समार्फत अष्ट्रेलियामा रहेको भातृ संगठनका पदाधिकारीलाई सपथग्रहण गराए ।
तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम बीचको एकतापछि बनेको समाजवादी पार्टी नेपालका विदेशस्थित भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज अस्ट्रेलिया र संघीय समाज अस्ट्रेलियाबीच एकता भई नेपाली समाज अस्ट्रेलिया घोषणा कार्यक्रमलाई अध्यक्ष भट्टराईले सम्बोधन पनि गरे ।
सिड्नीमा सम्पन्न एकता कार्यक्रमलाई नेपालबाट अध्यक्ष भट्टराईले स्काइपमार्फत सम्बोधन गर्नुको साथै पदाधिकारीहरुलाई सपथग्रहण गराएको समाजवादी पार्टीका प्रचारप्रसार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए ।
कार्यक्रममा अस्ट्रेलियास्थित जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष छिरिङ लामा जनप्रगतिशील समाजका उपाध्यक्ष रामजी बस्नेत, सुदूरपश्चिम समाजका केशव जोशी, पोखरा समाजका राजकुमार अधिकारी, अबर्न नेप्लिज कमिटीका अध्यक्ष अशोक उप्रेती लगायतले शुभकामना प्रदान गरेका थिए ।
एकता सम्मेलनबाट अध्यक्षमा गणेश तामाङ, उपाध्यक्षमा क्रमशः सुमन खरेल, उपेन्द्र श्रेष्ठ, वीर बहादुर राई, शोभा श्रेष्ठ, महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश साह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत, प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेक कुमार झालाई मनोनयन गरिएको छ ।
यस्तै, नयाँ कार्यसमितिको युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, विद्यार्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथवेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्व मोक्तान क्विसन्सल्याण्ड संयोजकमा अमित शर्मा तास्मनिया संयोजकमा सुरज श्रेष्ठ, वेस्र्टन अस्ट्रेलिया संयोजकमा सिताराम पन्त चयन भएका छन् ।
यसैगरी समितिका सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुण कुमार तामाङ, कमला पोखरेल, पुरन सायमी तथा संरक्षक समितिमा विनोद पौडेल, सुवान चौलागाई, समिम अनवर, चित्र तुम्बाहम्बे, घनेन्द्र पियाक र तीर्थराज कार्कीलाई मनोनयन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण