‘ड्रेस टु इम्प्रेसन–२’ मा ८० डिजाइनरका ड्रेस र्याम्पमा
काठमाडौं – बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का प्रशिक्षार्थी डिजाईनरहरु फेसन डिजाईन प्रतियोगिता ‘ड्रेस टु इम्प्रेसन–२’मा उत्रँदैछन् ।
११ असोज (शनिबार) साँझ काठमाडौंको बालुवाटार स्थित अम्रपाली पार्टी प्यालेसमा आयोजना हुने ‘ड्रेस टु इम्प्रेसन–२’ शोमा ८० फेशन डिजाईनरहरु आफैंले तयार गरेका पहिरनमा र्याम्पमा उत्रने छन् । ६० महिना यताबाट फेसन डिजाईन पढीरहेका विधार्थीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।
डिजाईनरहरुले फेशन डिजाईनको प्रारम्भिक प्रस्तुति दिएका थिए । सो क्रममा डिजाईनहरुले आफ्नो डिजाईन र ड्रेसको रँग, डिजाईन, प्रभाव र महत्वबारे प्रकाश पारे । आफुले तयार पारेको ड्रेसमा उनीहरु सजिएर सो क्रममा प्रस्तुत भएका थिए ।
प्रारम्भिक प्रस्तुतिको निर्णायकमा पत्रकार डब्बु क्षत्री, गायिका÷नायिका बिष्णु चेम्जोङ, इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा र निर्देशक राजु सुवाल थिए ।
आयोजक संस्थाका प्रबन्ध निर्देशक शेर्पाका अनुसार इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहन गर्न ‘ड्रेस टु इम्प्रेसन २’ आयोजना हुन लागेको बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने डिजाईनरलाई १५ हजार रुपैयाँ र ट्रफी, फस्ट रनर अप डिजाईनरलाई १० हजार रुपैयाँ र ट्रफी एवम् सेकेन्ड रनर अप हुने डिजाईनरलाई ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । यो फेशन साँझको कोरियोग्राफी बिपना थापाले गर्दैछिन् । कार्यक्रममा फेशन शोसँगै विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहने आयोजकले एक विज्ञप्ति मार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण