शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘ड्रेस टु इम्प्रेसन–२’ मा ८० डिजाइनरका ड्रेस र्‍याम्पमा

बिहीबार, ०९ असोज २०७६, ११ : ३०
बिहीबार, ०९ असोज २०७६

काठमाडौं – बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेसनल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का प्रशिक्षार्थी डिजाईनरहरु फेसन डिजाईन प्रतियोगिता ‘ड्रेस टु इम्प्रेसन–२’मा उत्रँदैछन् ।

११ असोज (शनिबार) साँझ काठमाडौंको बालुवाटार स्थित अम्रपाली पार्टी प्यालेसमा आयोजना हुने ‘ड्रेस टु इम्प्रेसन–२’ शोमा ८० फेशन डिजाईनरहरु आफैंले तयार गरेका पहिरनमा र्याम्पमा उत्रने छन् । ६० महिना यताबाट फेसन डिजाईन पढीरहेका विधार्थीहरुले यो प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । 

डिजाईनरहरुले फेशन डिजाईनको प्रारम्भिक प्रस्तुति दिएका थिए । सो क्रममा डिजाईनहरुले आफ्नो डिजाईन र ड्रेसको रँग, डिजाईन, प्रभाव र महत्वबारे प्रकाश पारे । आफुले तयार पारेको ड्रेसमा उनीहरु सजिएर सो क्रममा प्रस्तुत भएका थिए । 

प्रारम्भिक प्रस्तुतिको निर्णायकमा पत्रकार डब्बु क्षत्री, गायिका÷नायिका बिष्णु चेम्जोङ, इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पा र निर्देशक राजु सुवाल थिए ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक शेर्पाका अनुसार इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहन गर्न ‘ड्रेस टु इम्प्रेसन २’ आयोजना हुन लागेको बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने डिजाईनरलाई १५ हजार रुपैयाँ र ट्रफी,  फस्ट रनर अप डिजाईनरलाई १० हजार रुपैयाँ र ट्रफी एवम् सेकेन्ड रनर अप हुने डिजाईनरलाई ८ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । यो फेशन साँझको कोरियोग्राफी बिपना थापाले गर्दैछिन् । कार्यक्रममा फेशन शोसँगै विभिन्न साँस्कृतिक प्रस्तुति पनि रहने आयोजकले एक विज्ञप्ति मार्फत जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप