रुढीवादी मुस्लिम मुलुक साउदी अरब पर्यटकका लागि खुल्ला
रियाद । साउदी अरबले पहिलो पटक पर्यटकहरुलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।
अति रुढीवादी मुस्लिम मुलुक साउदी अरबले शुक्रबार पर्यटकहरुलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।
तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अवदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोको रुपमा विकास गर्न लागिएको बताइएको छ ।
घुम्नका लागि विदेशी नागरिकहरुलाई खुल्ला गरिएपनि केही सर्त भने कडा बनाइएको छ । विषेश गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरुले जनाएका छन् ।
विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको विज्ञहरुले बताएका छन् ।
‘हामीले आज इतिहास रचेका छौँ,’ देशका पर्यटन प्रमुख अहमद अल खातिबद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उनले थप लेखेका छन्, ‘हामीले पहिलो पटक संसार भरका पर्यटकहरुका लागि साउदी अरबलाई खुल्ला गरेका छौँ ।’
विश्वका ४९ देशका व्यक्तिहरुले अनलाईन मार्फत् प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
प्रवेशाज्ञा पाउन अमेरिका, अष्ट्रेलिया, युरोपेली देशहरुलगायत रहेको वक्तव्यमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
-
त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
-
रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने
-
राप्रपाले सार्यो केन्द्रीय समिति बैठक
-
काठमाडौँमा बढ्दो गर्मी, पङ्खाको व्यापार बढ्यो (तस्बिरहरू)
-
जलवायु सङ्कट : हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण