शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सडक हिलाम्य भएपछि दशैं मनाउन आउनेहरु झेल्दै सास्ती

आइतबार, १२ असोज २०७६, २० : २८
आइतबार, १२ असोज २०७६

रौतहट – हिन्दुहरुको महान पर्व बडादशैंको समयमा लगातारको वर्षाले रौतहटको अधिकांश सडकमा आवत जावत गर्न कठिनाइ भएको छ । विगत केही दिनदेखि लगातार भइरहेको वर्षालेसडकमा आवत जावत गर्न कठिनाइ भएको हो । अविरल वर्षाले गरुडादेखि कटहरिया, कटहरिया देखी कर्कच कर्मैया, देवाही गोनाही, टिकुलीया, पिपरीया सडक हिलाम्य हुँदा पैदलदेखि लिएर सवारी साधनबाट यात्रा गर्न ठुलो कठिनाइ भइरहेको यात्रको गुनासो छ । 

लगातारको वर्षाले सन्तपुर दोस्तिया देखि जंगलसहिया, हिमालीवास, विजयपुर, दुधिअवा, टेंग्राहा लगाएतका सडक हिलाम्य भएपछि यात्रु जेखिम मोलेर यात्रा गर्न बाध्य छन् । 

दशैंको समयमा दुर्गा मन्दिरहरुमा अहिले पुजाआज भइरहेको छ । तर वर्षाले सडक विग्रेपछि पुजा हेर्न आउन मुस्किल भएको सर्वसाधारणको भनाइ छ । नवरात्रीको पहिलो दिन रौतहटमा हजारौ कुमारी कन्याहरुको कलश यात्रा । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप