मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि हर्कत सफल हुँदैन: बाबुराम भट्टराई
काठमाडौं– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मुलुकमा प्रतिगमन ल्याउन खोज्ने कुनै पनि खालको हर्कत सफल नहुने दावी गरेका छन् । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने प्रयास गरिए सैह्य नहुने चेतावनी पनि दिए । कुनै पनि नामको पार्टी र वादले मुलुकमा निरंकुशता ल्याउने सपना नदेखे हुने उनको भनाई छ ।
दशैंको अवसर पारेर गोरखा पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकलाई उन्नत लोकतान्त्रिकरणको बाटोमा अघि बढाउन सञ्चारमाध्यामहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
पूर्वप्रधानमन्त्री भट्टराईले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सच्याएर अघि बढाउने परिकल्पनाका साथ सञ्चार क्षेत्रलाई मुलुकको चौंथो अंगको रुपमा रुपमा लिइएको उल्लेख गर्दै सञ्चारमाध्यामले सोही अनुसारको भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण