सुरक्षित गन्तव्यसम्म पुर्याउन भन्दै उपमेयरद्वारा चालकलाई सम्मान
रौतहट । चाडपर्वको बेलामा विस्तारै सवारीसाधन चलाइ यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुरयाउन अनुरोधसहित रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले चालकहरुलाई सम्मान गरेकी छिन् ।
बुधवार बिहान नगरपालिकाको कार्यालय अगाडी कटहरिया गरुडा मुलसडकमा उपमेयर खातुनले प्रहरीको गाडी चलाउने चालकदेखि जिप, ट्याक्टर, टेम्पो चालकलगायत झण्डै डेढ दर्जन चालकलाई सम्मान गरेकी हुन् ।
दसैँको अवसरमा सवारी दुर्घटना हुन नदिन नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले चालकलाई टिका र माला लगाइ सम्मान गरेपछि जिल्ला–जिल्लामा नेपाल प्रहरीले चालकलाई सम्मान गर्ने पछिल्लो केही दिनदेखि अभियानै चलाएको छ ।
उपमेयर खातुनले चालकहरुलाई टिका लगाउनुका साथै गाम्छा ओढाइ राम्ररी गाडी चलाएर सुरक्षित पुर्याउनु भन्दै बडादसैँको शुभकामनासमेत दिएकी थिइन् ।
उक्त अवसरमा ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसीराज अधिकारी, कटहरिया ७ का वडा अध्यक्ष नवद राय यादव, वडा ८ का वडा अध्यक्ष नन्दलाल पाश्वान, स्थानिय व्यापारी तथा सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण