आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

बिहीबार, १६ असोज २०७६, १६ : ४७
बिहीबार, १६ असोज २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघुबैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहनुभएका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । 

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सुर्य प्रसाद वराललाई क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका शाखा प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु बैकिङ्ग प्रमुख धु्रव राज घिमिरे र पोखरा –२७, का वडाध्यक्ष धन बहादुर नेपालीले फिर्ता गरेका हुन् ।

निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम २ लाख ७३ हजार ९ सय ८३ र काजकिरिया खर्च ५ हजार समेत गरी २ लाख ७८ हजार ९ सय ८३ बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप